कार्तिक २४, २०८१ शनिबार November 9, 2024

पुरुष यु–२० भलिबल टोलीको बिदाइ

कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने टोलीको बिदाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज १६ गते । श्रीलङ्काको कोलम्बोमा असोज २० देखि २६ गतेसम्म सञ्चालन हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यु–२० च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

खेलाडीलाई बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द्रलगायतले बिदाइ गर्नुभयो । नेपाली टोली भदौ ८ गतेदेखि बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली यु–२० भलिबल टोली

पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सूर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जितबहादुर कार्की, सुजन सुनार, रेसमन राहादी र दीपेश कुँवर ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया