मंग्सिर १, २०८२ सोमबार November 17, 2025

त्रिकोणात्मक क्रिकेट सिरिज : ओमानलाई हराउदै क्यानडाले उपाधि जित्यो

ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। त्रिकोणात्मक टी-२० सिरिजको उपाधि क्यानडाले जितेका छ। क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो। क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो। त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो।

त्यस्तै सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो। यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो।

आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए। त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई-दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो।

ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन्। त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

बलिङतर्फ क्यानडाका अखिल कुमार र प्रभिन कुमारले समान तीन-तीन विकेट लिए भने हर्ष ठाकरले दुई विकेट लिए । त्यसैगरी सादविन जफरले एक विकेट झारे।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार