काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएका १० सडक अहिलेसम्म पनि पूर्ण रुपमा अवरुद्ध रहेका छन् ।
शनिबार बिहान ८ बजेसम्मको अपडेट अनुसार प्रहरीले अहिलेसम्म पहिरोका कारण मकवानपुरका तीन, बाढी र पहिरोले काभ्रेका चार, सिन्धुपाल्चोक, रामेछाप, धादिङ सिन्धुली र नवलपरासी पश्चिमका एक सडक खण्ड अवरुद्ध रहेका छन् ।
त्यस्तै ललितपुरको लेले, टिका भैरव जाने सडक तथा तेर्हथुमको मध्य पहाडी लोकमार्ग एक तर्फी सूचारु रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया