असार २८, २०८२ शनिबार July 12, 2025

आईसीसी महिला टी-२० विश्वकपमा इङ्ल्याण्डको विजयी सुरुवात

इङ्ल्याण्डले अब अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी आईसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा इङ्ल्याण्डले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

इङल्याण्डले दिएको ११९ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

यो जितपछि इङ्ल्याण्डले पहिलो खेल जितेर २ अंक हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ । इङ्ल्याण्डले अब अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने बंगलादेशले विहिबार वेस्ट इन्डिजसँग खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया