मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णाली बिजयी

ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै लिगको उपाधि जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बन्यो।

कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। पहिलो दुई सेटमा २५-१७ र २५-२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस्राे र चौथो सेटमा २५-१९ र २५-२२ ले हराएर खेलमा फर्कने प्रयास गर्‍यो। तर अन्तिम पाँचौँ सेटमा कर्णालीले १५-१३ को कडा प्रतिस्पर्धामा बाजी मार्दै उपाधि चुम्न सफल भयो।

लिगमा सहभागी ६ टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए। अन्ततः शीर्ष दुई टोली कर्णाली र ललितपुर फाइनलमा प्रवेश गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार