असार २३, २०८२ सोमबार July 7, 2025

कांग्रेसद्वारा बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग

बाढीपहिरोपीडितहरूको राहत र पुन:स्थापनाका लागि काम गर्न सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बाढीपहिरो पीडितका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसले सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढीपहिरो र डुबान पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने गरी ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कांग्रेसले विपद्पछिको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान नपुगेको स्मरण गराउँदै थप क्रियाशील भएर बाढीपहिरोपीडितहरूको राहत र पुन:स्थापनाका लागि काम गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार