असार २८, २०८२ शनिबार July 12, 2025

आइसिसी विश्वकप लिग-२ : नेपालले एचपी टोलीलाई २० रनले हरायो

सिरिजको अन्तिम तथा तेस्रो खेल मङ्गलबार हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २० गते । आइसिसी विश्वकप लिग–२ सिरिजको तयारीमा रहेको नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलमा क्यानडाको हाइप्रोफमेन्स (एचपी) टोलीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा नेपालले एचपी टोलीलाई २० रनले हरायो । यससँगै तीन खेलको सिरिन १–१ को बराबरी भएको छ । नेपाल पहिलो खेलमा तीन विकेटले पराजित भएको थियो । सिरिजको अन्तिम तथा तेस्रो खेल मङ्गलबार हुनेछ ।

जितका लागि नेपालले दिएको एक सय ७७ रनको लक्ष्य पछ्याएको एचपी ४५.३ ओभरमा सबै किेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । एचपीका लागि ओलिभर कक्सले ३९, मुनिर अहमद काका ३६, अली नदिम २०, युवराज शर्मा २३ र निकोलस मनोहरले १९ रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झा र ललित राजवंशीले दुई दुई विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ७६ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ३१, दीपेन्द्रसिंह ऐरीले २७, अनिलकुमार साहले २५, आरिफ शेखले १८, भीम सार्कीले १६ र देव खनालले १५ रन बनाउनुभयो । बलिङमा एचपीका लागि निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई र इफरान सादतले दुई दुई विकेट लिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया