असार २८, २०८२ शनिबार July 12, 2025

स्पेनिस ला लिगा : बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले डिपोर्टिभो आल्भेजलाई पराजित गरको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए। लेवानडोस्कीले खेलको सातौं, २२औं र ३२औं मिनेटमा गोल गरेका थिए। यो जितपछि बार्सिलोनाको ९ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ।

त्यस्तै आल्भेजको भने ९ खेलमा १० अंक रहेको छ र लिगमा १३औं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया