असार २८, २०८२ शनिबार July 12, 2025

इङ्लिश प्रिमियर लिग : ब्राइटनसँग टोटनह्याम स्तब्ध

टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। इङ्लिश प्रिमियर लिग अन्तर्गत टोटनह्याम ब्राइटनसँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।

ब्राइटनको जितमा यान्कुबा मिनटेह, जर्जिन्हो रटर र डानी वेलब्याकले एक एक गोल गरेका थिए। त्यसैगरी टोटनह्यामका लागि ब्रेनान जोन्सन र जेम्स माडिसनले एक एक गोल गरेका थिए ।

ब्राइटनको यो यस सिजनमा तेस्रो जित हो । ७ खेलमा यो जितपछि १२ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ।

त्यसैगरी टोटनह्यामको भने यो यस सिजनमा तेस्रो हार हो । टोटनह्यामको ७ खेलमा १० अंक रहेको छ र लिगमा नवौं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया