असार २८, २०८२ शनिबार July 12, 2025

इङलिश प्रिमियर लिग : नोट्टीङघमसँग बराबरीमा रोकियो चेल्सी

चेल्सी र नोट्टीङघम फोरेस्ट १-१ गोलको बराबरीमा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी नोट्टीङघम फोरेस्टसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा चेल्सी र नोट्टीङघम फोरेस्ट १-१ गोलको बराबरीमा रोकिएका हुन् । यस खेलमा चेल्सीका लागि नोनी माडुएकेले गोल गरेका थिए भने नोट्टीङघमका लागि क्रिस वूडले गोल गरेका थिए ।

यस खेलमा खेलको ७८औ मिनेटमा जेम्स वार्ड प्रोजले रातो कार्ड पाएपछि नोट्टीङघम १० खेलाडीमा सिमित भएको थियो ।

यो बराबरीपछि चेल्सीको ७ खेलमा १४ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यसैगरी नोट्टीङघमको ७ खेलमा १० अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया