असार २८, २०८२ शनिबार July 12, 2025

मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल हुने

प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । फुटबल मिसन टुगेदरको आयोजनामा दोस्रो भेट्रान्स कप फुटबल प्रतियोगिता हुने भएको छ ।

४० वर्ष माथिका फुटबलरहरूको सहभागिता रहने प्रतियोगिता कात्तिक ३ गतेदेखि ११ गतेसम्म मध्यपुर फुटबल मैदानमा हुनेछ ।

अखिल नेपाल फुटबल संघ(एन्फा)को प्राविधिक सहयोग रहने प्रतियोगितामा २१ टोलीको सहभागिता रहने सोमवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

काठमाडौँ उपत्यकाका टोली दर्ता गर्न २० हजार रुपैयाँ र उपत्यका बाहिरका टोली दर्ताका लागि ५ हजार रुपैयाँ तोकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

नकआउटका आधारमा हुने प्रतियोगिताको उद्घाटन खेल वीरगन्ज युथ एकेडेमी र श्रीकुमारी क्लबबिच हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया