असार २८, २०८२ शनिबार July 12, 2025

काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी

शनिवारसम्म कोलम्बोमा सञ्चालन हुने प्रतियोगितामा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । श्रीलङ्ककाको कोलम्बोमा सोमबार भएको खेलमा उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो ।

खेलमा पहिलो र दोस्रो सेट गुमाएको नेपालले तेस्रो सेट भने जितेको थियो । तेस्रो सेटको जितले खेलमा फर्कने संकेत गरेको नेपाल त्यसपछिको सेटमा पराजित हुन पुग्यो र अन्तत उज्वेकिस्तान विजयी भयो ।

नेपालले उज्वेकिस्तानसँग पहिलो सेट १९–२५ ले गुमायो भने खेलको दोस्रो सेट १४–२५ ले पराजित भयो । यस्तै नेपालले तेस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्‍यो । तर, खेलको चौथो सेटमा नेपाल उज्वेकिस्तानसँग १५–२५ ले पछि पर्‍यो । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । सोमबार भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको थियो ।

यही असोज २६ गतेसम्म कोलम्बोमा सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले मंगलबार माल्दिभ्ससँग खेल्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया