असार २८, २०८२ शनिबार July 12, 2025

मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा दुई खेलाडीले भाग लिने

नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर ११ देखि १३ सम्म जर्मनीको फ्र्यांकफर्टमा हुनेछ ।

इजिकेल परियार र नीराजन मोक्तानले प्रतिस्पर्धा गर्ने छन् । इजिकेलले किक बक्सिङको ७०–७५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

नीराजनले किक बक्सिङको ६० केजीमुनि तथा उमा कुङ्फुको ट्रेडिसनल फम्समा सहभागिता जनाउने छन् । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ) जर्मनीको आयोजनामा हुने प्रतियोगितामा भाग लिन उनीहरू बुधबार जर्मनी गएका छन् ।

टोलीलाई आदिवासी खेलकुद संघ नेपालका अध्यक्ष तथा नेपाल उमा कुङफु संघका महासचिव भूपेन्द्र गुरुङले मंगलबार बिदाइ गरे । तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका गुरुङले दुवै खेलाडीबाट पदकको आस गरिएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया