असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रियसभा अध्यक्ष दाहालसँग रुसी राजदूत नोभिकोभको शिष्टाचार भेट

नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २२ असोज । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेइ नोभिकोभले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत नोभिकोभले शिष्टाचार भेट गरेका हुन् । भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग, सहकार्य र संसदीय अनुभव आदानप्रदानलगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष दाहालले नेपाल–रुसबीच विगतदेखि नै सरकार र जनस्तरसम्म सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सहकार्यले आगामी दिनमा यस सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको सङ्घीय संसद्मा नेपाल–रुस संसदीयमैत्री समूह गठन गरिएको र यस समूहले दुई देशबीचको संसदीय सम्बन्ध तथा अनुभव आदानप्रदान गर्न सहज हुने बताए । नेपाली विद्यार्थीलाई रुसमा अध्ययनका लागि छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न आग्रह गर्नुका साथै अध्यक्ष दाहालले काठमाडौं–मस्को सिधा हवाइ सुविधा सञ्चालनका लागि पहल गर्न आग्रह गरेका छन् ।

त्यस्तै, नेपालको कृषि, प्रविधि र ऊर्जाका क्षेत्रमा लगानीका लागि रुसी लगानीकर्तालाई प्रोत्साहित गर्न आग्रह गर्दै अध्यक्ष दाहालले नेपालको पर्यटन प्रवर्द्धनमा थप टेवा पुर्याउन बढीभन्दा बढी रुसी नागरिकले नेपाल भ्रमण गर्ने गरी वातावरण बताउन पनि अनुरोध गरे ।

यस्तै, रुस–युक्रेन युद्धपछि नेपाली युवा विभिन्न माध्यमबाट रुसी सेनामा भर्ती हुने गरेको घटनाप्रति चासो राख्दै उनले नेपाल सरकारले रुसी सरकारलाई गरेको आग्रहसमेत स्मरण गराए । त्यसअवसरमा राजदूत नोभिकोभले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आपसी हितका साथै सहयोग आदानप्रदान र सहकार्य बढाउँदै जानुपर्ने बताए ।

उनले नेपालमा पर्यटनको सम्भावनाबारे चर्चा गर्दै लुम्बिनीमा बौद्ध गुम्बा निर्माण गरिरहेको र उक्त परियोजना सम्पन्न भएपछि रुसका धार्मिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुने विश्वास व्यक्त गरे । नेपालले जलविद्युत् उत्पादनबाट राम्रो आम्दानी गर्नसक्ने र यस क्षेत्रमा लगानी गर्न रुसका लगानीकर्ता इच्छुक रहेको राजदूत नोभिकोभको भनाइ थियो । उनले जलविद्युत् उत्पादन, हवाइ सेवा विस्तार, अन्तरिक्षमा संयुक्त उडान, प्रविधिलगायत क्षेत्रमा रुसले नेपालमा काम गर्ने र यसका लागि लगानीको वातावरण बनाउन नेपाल सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिए ।

यस्तै, नेपाली विद्यार्थीहरूलाई रुसमा छात्रवृत्तिको व्यवस्था गरिएकाले हाल ४२ जनाले पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको र केही समयमै छात्रवृत्तिको सङ्ख्या बढाएर दुई सयसम्म पुर्याउने योजना राजदूत नोभिकोभले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार