असार २६, २०८२ बिहिबार July 10, 2025

बिमा गर्नेको सङ्ख्या पन्ध्र लाखभन्दा बढी

लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८.४७ प्रतिशत नागरिक जीवन बिमाको दायरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा, असोज २३ गते । लुम्बिनी प्रदेशमा १५ लाखभन्दा बढी सर्वसाधारणले बिमा गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ सम्ममा १५ लाखभन्दा बढी सर्वसाधारणले विभिन्न बिमा गरेका हुन् ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश प्रमुख पूर्ण थापाले गत आवसम्ममा लुम्बिनी प्रदेशका १५ लाख तीन हजार ८४० जना सर्वसाधारण विभिन्न बिमामा आबद्ध भएको बताउनुभयो । उहाँका अनुसार नौ लाख ९६ हजार ३७५ जनाले जीवन बिमा, चार लाख ८२ हजार १८ जनाले निर्जीवन बिमा र २५ हजार ४४७ जनाले कृषि बिमा गरेका हुन् ।

प्रदेश प्रमुख थापाका अनुसार कुल जीवन बिमा गरेका नागरिकबाट २४ अर्ब ३९ करोड ६३ लाख ७७ हजार रुपियाँ बिमा शुल्कबापत सङ्कलन भएको छ । त्यसै गरी निर्जीवन बिमा गरेका नागरिकबाट तीन अर्ब ६५ करोड २९ लाख ४४ हजार रुपियाँ र कृषि बिमा गरेका नागरिकबाट २५ करोड ५९ लाख ४२ हजार रुपियाँ बिमा शुल्कबापत सङ्कलन भएको छ ।

निर्जीवन बिमातर्फ गत आवसम्ममा १७ हजार ६२२ जनाले बिमा दाबी गरेका थिए । जसमध्ये १५ हजार १२५ जना नागरिकले बिमा भुक्तानी प्राप्त गरेका थिए । दुई अर्ब ५६ करोड ४२ लाख ४२ हजार रुपियाँ रकम बिमा दाबी भएकोमा एक अर्ब ८४ करोड ३५ लाख ५१ हजार रुपियाँ रकम दाबी भुक्तानी गरिएको थापाले बताउनुभयो ।

त्यसै गरी कृषि बिमातर्फ गत आवसम्ममा चार हजार ९७८ जनाले २१ करोड चार लाख १० हजार रुपियाँ बराबरको रकम दाबी गरेको र पाँच हजार २७८ जनालाई २२ करोड चार लाख ५७ हजार रुपियाँ रकम दाबी भुक्तानीबापत प्रदान गरिएको प्रदेश प्रमुख थापाको भनाइ छ ।

नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा कुल जनसङ्ख्याको १८.४७ प्रतिशत नागरिक जीवन बिमाको दायरामा आएका छन् । लुम्बिनी प्रदेशको जिडिपीको अनुपातमा कुल बिमा शुल्क ३.४४ प्रतिशत, कुल जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा १५.६० प्रतिशत रहेको र कुल निर्जीवन बिमा शुल्क सङ्कलनमा लुम्बिनी प्रदेशको हिस्सा ८.८० प्रतिशत रहेको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार