असार २५, २०८२ बुधबार July 9, 2025

रुस र चीनद्वारा प्रशान्त महासागरमा संयुक्त नौसैनिक गस्ती

सेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी र चिनियाँ नौसेनाका जहाजहरूले प्रशान्त महासागरको उत्तरपूर्वी भागमा संयुक्त गस्ती गरेको रुसी सेनाले मङ्गलबार बताएको छ ।

जहाजहरूले पनडुब्बी विरोधी रणनीतिको अभ्यास गर्न ‘युद्धाभ्यास गरेर अघि बढेको’ बताइएको छ ।

दुई मुलुकले संयुक्त सैन्य अभ्यास गरेपछि यो गस्ती गरिएको हो । दुवै मित्र राष्ट्रबीच घनिष्ठ सम्बन्ध कायम हुँदा नाटोले बेइजिङलाई मस्कोको युक्रेन युद्धको ‘समर्थक’ भनेको छ ।

Russian ships return from joint Pacific patrolling with Chinese ships |  Reutersसेप्टेम्बरको प्रारम्भमा दुवै पक्षले संयुक्त समुद्री गस्तीमा भाग लिने र चीनले रुसको ‘ओसन–२०२४’ रणनीतिक अभ्यासमा भाग लिने चीनले बताएको थियो ।

जुलाईमा दुवै मुलुकले दक्षिणी चीनको ग्वाङ्डोङ प्रान्तको झानजियाङ सहर वरपरको जल र हवाई क्षेत्रमा संयुक्त अभ्यास गरेका थिए ।

रुस र चीनले हालैका वर्षहरूमा सैन्य र आर्थिक सहयोग बढाएका छन् । दुवैले ‘पश्चिमी प्रभुत्व’ विरुद्ध खासगरी विश्व मामिलामा अमेरिकी प्रभुत्व भनेर बुझ्ने कुराको विरोध गरिरहेका छन् ।

दुवै मुलुकले मस्कोले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गर्नु केही समयअघि ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार