असार २५, २०८२ बुधबार July 9, 2025

गाजा युद्धबारे छलफल गर्न हमास र फतहबिच भेटवार्ता

गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोहा, असोज २३ गते । हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ ।

“इजिप्टको राजधानी कायरोमा हमास र फतह आन्दोलनका प्रतिनिधिमण्डलबीच बैठक सुरु भएको छ”, हमासद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुवै समूहबिच गाजा पट्टीमा आक्रामकताको अन्त्य, राजनीतिक र क्षेत्रीय घटनाक्रम तथा राष्ट्रिय प्रयास र श्रेणीहरुलाई एकताबद्ध गर्नेबारे छलफल गरिरहेको बताइएको छ ।

हमास र फतह दीर्घकालीन प्रतिद्वन्द्वी हुन् । उनीहरुले सन् २००७ मा छोटो तर रक्तपातपूर्ण युद्ध लडेका थिए । फतहले प्यालेस्टिनी प्राधिकरणमा प्रभुत्व जमाउन जारी राखेको छ, जसको इजरायलले कब्जा गरेको वेस्ट बैङ्कका सहरी क्षेत्रहरूमा सीमित प्रशासनिक नियन्त्रण छ ।

जुलाईमा हमासले राष्ट्रिय एकताका लागि सँगै काम गर्न फतहलगायत अन्य प्यालेस्टिनी सङ्गठनहरूसँग बेइजिङमा एउटा सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार