असार २८, २०८२ शनिबार July 12, 2025

टी–२०मा भारतले बङ्गलादेशलाई ८६ रनले हरायो

२२१ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले निर्धातिर ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बङ्गलादेशविरुद्धको तीन टी–२० खेलको सिरिजमाथि भारतले कब्जा गरेको छ। बुधवार दिल्लीस्थित अरुण जेटली स्टेडियममा भएको दोस्रो टी २० मा खेलमा बङ्गलादेशलाई ८६ रनले पराजित गर्दै भारतले सानदार जित हात पारेको छ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको भारतले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २२१ रन बनायो। २२१ रनको लक्ष्यसहित मैदान उत्रेको बङ्गलादेशले निर्धातिर ओभरमा ९ विकेटको क्षतिमा १३५ रन मात्रै बनाउन सक्यो।

भारतका लागि नितिश कुमार रेड्डीले सर्वाधिक ७३ रनको पारी खेल्दा रिंकु सिंहले ५३ रन बनाए। हार्दिक पाण्ड्याले भने ३२ रन जोडे।

जितसँगै भारतले तीन खेलको टी २० मा जित निकाले पनि सिरिजमाथि जित हात पारिसकेको छ।

यसअघि गत आइतवार भएको पहिलो खेलमा भारतले बङ्गलादेशलाई ७ विकेटले पराजित गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया