असार २५, २०८२ बुधबार July 9, 2025

उत्तर कोरियाद्वारा दक्षिण कोरियासँग जोडिएका सडक तथा रेलमार्ग बन्द

बलियो रक्षा संरचनाका साथ उत्तरकोरियाका पक्षमा सान्दर्भिक क्षेत्रलाई सुदृढ पार्ने परियोजना अक्टोबर–९ मा सुरु गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, २३ असोज । उत्तर कोरियाले बुधवारदेखि दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरेको छ ।

उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गर्ने कोरियाली पिपुल्स आर्मी (केपीए)लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका छन्।

प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको प्रभावकारी रूपमा रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ ।

“यस उद्देश्यका लागि, दक्षिण कोरिया सँग जोडिएको सडक र रेलमार्ग पूर्ण रूपमा बन्द गरी बलियो रक्षा संरचनाका साथ उत्तरकोरियाका पक्षमा सान्दर्भिक क्षेत्रलाई सुदृढ पार्ने परियोजना अक्टोबर–९ मा सुरु गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्म–रक्षात्मक उपाय भएको जनाएका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार