असार २६, २०८२ बिहिबार July 10, 2025

सार्वजनिक ऋण सवा २५ खर्ब – प्रति नेपालीको टाउकामा ऋणभार ८६ हजार ६ सय ४२ रुपैयाँ पुग्ने

भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारको कुल सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । सरकारले चालू आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण लिने योजना बनाएको छ । दुई महिनामै सार्वजनिक ऋण लिने लक्ष्यको १८ दशमलव ६६ प्रतिशत पुगेपछि सरकार हौसिएको छ । सरकारले आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ ऋण प्राप्तिको लक्ष्य लिएको छ ।

चालू आवको पहिलो दुई महिनामा लक्ष्यको २७ दशमलव २७ प्रतिशत आन्तरिक ऋण उठाइएको छ भने १४ अर्ब ५ करोड रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यो लक्ष्यको ६ दशमलव ४८ प्रतिशत हुन आउँछ । अहिलेसम्म प्राप्त भएको सार्वजनिक ऋणलाई कटाउने हो भने बाँकी १० महिनामा सरकारले आन्तरिक २ खर्ब ४० अर्ब र बाह्यतर्फ २ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ गरी कुल ४ खर्ब ४२ अर्ब ९५ करोड रुपैयाँ ऋण लिन प्रयास गर्नेछ ।

चालू आव २०८१–८२ को पहिलो दुई महिनामा ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएपछि ऋणको आँकडा बढेको हो । सरकारले भदौ मसान्तसम्म ९० अर्ब आन्तरिक र १४ अर्ब ५ करोड रुपैयाँ बाह्य गरी कुल १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ ऋण प्राप्त गरेको थियो । यद्यपि, दुई महिनामा ३५ अर्ब रुपैयाँ आन्तरिक र ४ अर्ब ६७ करोड रुपैयाँ बाह्य ऋण तिरेका कारण दुई महिनामा सार्वजनिक ऋण ९४ खर्ब ५२ अर्ब मात्र थपिएको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आव सुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँबराबर पुगेको हो ।

सार्वजनिक ऋणलाई यदि जनसंख्यासँग तुलना गर्ने हो भने प्रतिनेपालीको टाउकामा ऋणभार ८६ हजार ६ सय ४२ रुपैयाँ पुग्नेछ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ लार्ई बाँकी सार्वजनिक ऋणलाई भाग गर्दा झन्डै ८७ हजार भागमा पर्छ । यद्यपि, यो राज्यले लिएको कर्जा भएका कारण नागरिकको थाप्लोमा भने पर्दैन । कुनै नागरिकले मेरो भागको कर्जा तिर्छु भने पनि यो सरकारको ऋण भएकाले नागरिकले तिर्न पाउँदैन ।

सार्वजनिक ऋण सवा २५ करोड भनेको नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४ दशमलव ३२ प्रतिशत हो । नेपालजस्तो मुलुकका लागि कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत नाघ्नु पनि खतराको संकेतका रूपमा लिइन्छ । विकसित मुलुकहरूले भने जीडीपीको २ सय प्रतिशत पनि सार्वजनिक ऋण लिएको तथ्यांक रहेको छ । ती मुलुकले गर्ने उद्योग र व्यापारका कारण हुने आम्दानीका आधारमा त्यो ठूलो नहुने अर्थविद्हरूको तर्क छ । तर, नेपालजस्तो उद्योग धन्दा खासै नभएको अनि भन्सार करमा आधारित अर्थतन्त्र मुलुकका लागि यो खतरा नै भएको बताइन्छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आव २०८०–०८१ मा नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

आव २०७२–७३ मा नेपालको जीडीपी २६ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ मात्र थियो । आव २०७३–७४ मा बढेर ३० खर्ब ७७ अर्ब १४ करोड रुपैयाँ पुगेको थियो । यसैगरी, आव २०७४–७५ मा ३४ खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ र आव २०७५–७६ मा ३८ खर्ब ५८ अर्ब ९३ करोड रुपैयाँको जीडीपी कायम भएको थियो । आव २०७६–७७ मा ३८ खर्ब ८८ अर्ब ७० करोड रुपैयाँ, आव २०७७–७८ मा ४३ खर्ब ५२ अर्ब ५५ करोड रुपैयाँ, आव २०७८–७९ मा ४९ करोड ७६ लाख ५५ हजार रुपैयाँ र आव २०७९–८० मा ५३ खर्ब ४८ अर्ब ५२ करोड रुपैयाँको जीडीपी कायम भएको थियो ।

गत असार मसान्तसम्ममा नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । गत साउनमा ४१ अर्ब ११ करोड रुपैयाँ ऋण थपिएर कुल २४ खर्ब ७२ अर्ब ४४ करोड रुपैयाँ पुगेकामा भदौ मसान्तसम्म आइपुग्दा २५ खर्ब २८ अर्ब पुगेको हो ।

असार मसान्तसम्ममा ११ खर्ब ८० करोड ९० लाख रुपैयाँ आन्तरिक र १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बाह्य ऋण दायित्व थियो । भदौ मसान्तसम्म आइपुग्दा तिर्न बाँकी ऋण आन्तरिकतर्फ १२ खर्ब ३५ अर्ब ९० करोड र बाह्यतर्फ १२ खर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । आन्तरिक ऋण जीडीपीको २१ दशमलव ६६ प्रतिशत र बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत रहेको छ ।

सरकारले ऋणसँगै ऋण भुक्तानी पनि गर्दै आएको छ । दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी गरेको छ । चालू आवमा ऋण सेवा खर्चमा ४ खर्ब २ अर्ब ८५ करोड वार्षिक बजेट विनियोजन भएको छ । त्यसको ११ दशमलव ८४ प्रतिशत खर्च भएको छ । जीडीपीमा भदौ मसान्तसम्ममा कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत रहेको छ ।

भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । चालू आवको सुरुवातमा बाह्य ऋण १२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँबराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको सावाँ र ब्याज भुक्तानीमा १४ अर्ब ५ करोड खर्च गरेको छ भने यही अवधिमा ४ अर्ब ६७ करोडबराबर बाह्य ऋण थपेको छ । जीडीपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशतबराबर हो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार