काठमाडौंः भारतका प्रतिष्ठित व्यवसायी रतन टाटाको निधन भएको छ ।
दुई दशकभन्दा बढी समयदेखि टाटा समूहको नेतृत्व गरेका उहाँको ८६ वर्षको उमेरमा निधन भएको हो ।
उहाँ भारतको अन्तर्राष्ट्रिय मान्यता प्राप्त व्यापार नेताहरूमध्ये एक हुनुहुथ्यो ।
टाटा समूह भारतको सबैभन्दा ठूलो कम्पनी हो । उहाँको निधनले टाटा ग्रुपलाई अपूरणीय क्षति भएको ग्रुपले विज्ञप्ति जारी गरेर भनेको छ ।
टाटा ग्रुप रतन टाटाका जिजुबाले करिब शताब्दी अगाडि स्थापना गर्नुभएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया