असार २८, २०८२ शनिबार July 12, 2025

आईसीसी महिला टी–२० क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिज खेल्दै

प्रतियोगिताको समूह ’ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, २४ असोज । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।

समूह ‘बी’ का बङ्गलादेश र वेस्ट इन्डिजबीचको खेल शारजाहमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ । बङ्गलादेश पहिलो खेलमा स्कटल्यान्डलाई १६ रनले हराउँदा दोस्रो खेलमा इङ्ल्यान्डसँग २१ रनले पराजित भएको थियो ।

वेस्ट इन्डिज पहिलो खेलमा दक्षिण अफ्रिकासँग १० विकेटले पराजित हुँदा दोश्रो खेलमा स्कटल्यान्डलाई छ विकेटले पराजित गरेको थियो । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा भारतले श्रीलङ्कालाई ८२ रनले र दक्षिण अफ्रिकाले स्कटल्यान्डलाई ८० रनले हराएको छ ।

प्रतियोगिताको समूह ’ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ग्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया