मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

काभा यु–२० च्याम्पियनसिप : नेपाल किर्गिस्तानसँग पराजित

अब नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्ताको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु-२० च्याम्पियनसिपमा बिहीबार किर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोमा सुरुआती दुई सेट २३-२५, २१-२५ ले गुमाएको नेपालले त्यसपछिका दुई सेट २५-२१, २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

पाँचौं तथा निर्णायक सेटमा भने नेपाल १७-१९ ले पछि पर्यो ।

नेपालले चार खेलमा सात अंक जोडेको छ ।  यसअघि श्रीलंका र माल्दिभ्सलाई समान ३-० को सोझो सेटमा पराजित गरेको नेपालले उज्वेकिस्तानसँग ३-१ सेटको हार ब्यहोरेको थियो ।

यता किर्गिस्तानको चार खेलबाट चार अंक छ । यसअघि उज्वेकिस्तान र तुर्केमेनिस्तासँग समान ३-० को पराजय ब्यहोरेको किर्गिस्तानले श्रीलंकाविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकालेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेलमा शुक्रबार तुर्केमेनिस्ताको सामना गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार