काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाईज क्लब विराटनगर किंग्सले आयरल्यान्डका पूर्व खेलाडी केभिन ओ’ब्रायनलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।
विराटनगरले सामाजिक सञ्जालमार्फत ब्रयानलाई प्रशिक्षण जिम्मेवारी सुम्पिएको जानकारी दियो ।
ब्रायन नेपाली क्रिकेट समर्थका लागि परिचित नाम हो । उनले एभरेस्ट प्रिमियर लिगमा काठमाडौं किंग्सबाट खेलेका थिए । विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया