असार २१, २०८२ शनिबार July 5, 2025

सराङकोटमा सरुन खेल प्रदर्शन

युवापुस्तालाई धार्मिक पर्यटनसँग जोडी सराङकोटको पहिचान विश्वमाझ थप परिचित गराउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । पर्यटकीय राजधानी पोखराको सराङकोटमा फूलपातीको अवसरमा हिजो लोपोन्मुख सरुन खेल प्रदर्शन गर्नुका साथै फूलपाती बढाइ भएको छ ।

सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको आयोजनामा भएको उक्त कार्यक्रमका बिच नेपाल राज्य एकीकरणमा युद्ध कौलसँग जोडिएको उक्त खेल प्रदर्शन गरिएको हो । जुन ढाल र तरबारको सहायताले खेल्ने गरिन्छ ।

उक्त कौशल करिब ७ सय वर्ष पुरानो मानिन्छ । त्यहाँ शाहबंशीय राजा कुलमण्डल शाहको पालादेखि सरुन प्रदर्शन गर्न थालिएकोमा करिब १ शताब्दी अघिदेखि छाडिएको थियो । जसलाई यस वर्षदेखि पुनः निरन्तरता दिइएको हो ।

गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना लगायतको उपस्थितिमा उक्त खेल प्रदर्शन  गरिएको हो । सो कार्यसँगै नेपालको ऐतिहासिक संस्कृति संरक्षणमा योगदान पुगेको सराङकोट धार्मिक पर्यटन क्षेत्र विकास समिति अध्यक्ष प्रेमबहादुर जिसीले बताउनुभयो ।

पोखराको सराङकोट कुलमण्डल शाहको पालामा हतियार भण्डारण क्षेत्रको रूपमा परिचित रहेको मानिन्छ । उक्त क्षेत्रमा अहिले विशाल शिव मन्दिर तथा भ्यूटावर निर्माण भएका छन् । त्यस्तै पञ्चमुखी गणेश मूर्ती सँगै परापूर्व  कालदेखि मानिँदै आइएको भूमे कालिकादेवी, भैरव तथा चण्डी मन्दिर  लगायत २२ संरचना पुन निर्माणको अन्तिम चरणमा छन् । ती संरचना निर्माणमा हालसम्म ३० करोड बढी खर्च भइसकेको छ ।

नेपालको संस्कृति तथा परम्परा सबै जातिभन्दा पनि माथि रहेको ठहर गर्दै त्यहाँ सरुन खेलमार्फत युवापुस्तालाई धार्मिक पर्यटनसँग जोडी सराङकोटको पहिचान विश्वमाझ थप परिचित गराउने लक्ष्य राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार