असार २५, २०८२ बुधबार July 9, 2025

दोस्रो रिभरसाइड फुटबलको उपाधि वान्टेड समूहलाई

असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गलेश्वर (म्याग्दी), २५ असोजः विजयादशमीको अवसर पारेर म्याग्दीको बेनी नगरपालिका–२ स्थित रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको ‘दोस्रो रिभरसाइड सेभेन ए साइड खुला फुटबल प्रतियोगिता’को उपाधि वान्टेड समूहले जितेको छ ।
बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा वान्टेडको ए समूहले वान्टेड बि समूहलाई १—२ गोल प्रहार गर्दै उपाधि जितेको हो । एउटै क्लबका दुई टिमबीचको खेलसँगै वान्टेड समूहले पहिलो र दोस्रो पुरस्कार क्रमशः रु एक लाख एक हजार १० नगद, द्वितीय पुरस्कार रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका विजेतालाई वडाध्यक्ष यामबहादुर कार्कीसहित स्थानीय राजनीतिक दलका प्रतिनिधिसहितको उपस्थितिमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ३४ टिम सहभागी भएका सहसचिव सचिन कार्कीले जानकारी दिनुभयो ।
प्रतियोगिताको समापनमा क्लबका अध्यक्ष सुनील थापाले पछिल्लो समय बगरफाँटका युवा सङ्गठित भई खेलकुदका साथै अन्य सामाजिक, गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक काममा सक्रिय भइरहेका बताउनुभयो । आगामी दिनमा प्रतियोगिता र अन्य कामलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार