मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इङ्ल्यान्ड घरेलु मैदानमै ग्रिससँग २-१ ले पराजित

इङ्ल्यान्डका लागि जुड बेलिङघमले एक गोल फर्काए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । इङ्ल्यान्ड युइएफए नेसन्स लिगमा बिहीबार ग्रिससँग २-१ ले पराजित भएको छ ।

लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेर ग्रिस लिग ‘बी’ को समूह-२ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित इङ्ल्यान्ड समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

लण्डनस्थित वेम्बली रंगशालामा ग्रिसलाई जित दिलाउन दुवै गोल भन्जेलिस पाव्लिडिसले गरे । इङ्ल्यान्डका लागि जुड बेलिङघमले एक गोल फर्काए ।

खेलको ४९औं मिनेटमा पाव्लिडिसको गोलमार्फत ग्रिसले अग्रता लिएको थियो । ८७औं मिनेटमा बेलिङघमले इङ्ल्यान्डलाई बराबरीमा ल्याए ।

अतिरिक्त समयमा पाव्लिडिसले व्यक्तिगत दोस्रो गोल गर्दै ग्रिसलाई रोमाञ्चक जित दिलाए ।

लिगअन्तर्गतकै अन्य खेलमा माल्दोभाले एन्डोरालाई २-०, नर्थ म्यासेडोनियाले लात्भियालाई ३-०, जिब्राल्टरले सान मारियोलाई १-०, आयरल्यान्डले फिनल्यान्डलाई २-१ र अस्ट्रियाले काजकिस्तानलाई ४-० ले पराजित गरे । खेलाडी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार