असार २९, २०८२ आइतबार July 13, 2025

कसरी हुन्छ स्तन क्यान्सर ? यसबाट कसरी बच्न सकिन्छ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हामी सबैको अनुभवमा हाम्रो समाज, हाम्रो परिवारमा पक्कै पनि हाम्रो साथी, हाम्रो नातेदार बहिनी, दिदी, आन्टी, आमा, कोही न कोही स्तन क्यान्सरसँग लडिरहेको हुनुहन्छ वा लडिरहेको हुनुहुन्थ्यो । अझै प्रष्ट रुपमा भन्नुपर्दा, यो रोग नभएको सायद कुनै टोल, गाउँ तथा सहर नहोला । तथ्यांक हेर्ने हो भने विश्वमा महिलाहरूमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर पहिलो नम्बरमा पर्दछ। तर हाम्रो देश नेपालमा यो क्यान्सर, पाठेघरको मुखको क्यान्सरपछि दोस्रो नम्बरमा आउँछ।

ग्लोबलक्यान (डब्लुएचओ) २०१८ को तथ्यांक अनुसार, प्रत्येक दिन नेपालमा ६ जना महिलाहरुलाई स्तन क्यान्सरको पहिचान हुने गर्दछ र प्रत्येक दिन ३ जना महिलाहरूको मृत्यु यस क्यान्सरले गर्दा हुने गर्दछ ।

अझै संसारको सबैभन्दा विकसित मुलुक अमेरिकाको कुरा गर्ने हो भने, अमेरिकन क्यान्सर सोसाइटीको तथ्यांक अनुसार प्रत्येक आठ जना महिलामा एक जनालाई स्तन क्यान्सर हुने जोखिम छ । अमेरिकामा फोक्सोको क्यान्सरपछि सबैभन्दा बढी स्तन क्यान्सरबाट महिलाहरूको मृत्यु हुने गर्दछ । अक्टोबर, अंग्रेजी वर्षको यस महिनालाई स्तन क्यान्सर विरुद्ध जागरण फैलाउने अभियान महिनाको रूपमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरेर मनाइन्छ। यो महिनामा हामी सबै गुलाबी रंग मग्न हुन्छौँ। मानिसहरु गुलाबी रंगको रिबन लगाएर, गुलाबी रंगका पहिरन लगाएर, विभिन्न कार्यक्रम (जस्तैः बाटोमा हिड्ने, नाचगान गर्ने तथा अरु सामूहिक कार्यक्रम गर्ने) गरी समाजका सबै महिलाहरुमा स्तन क्यान्सरको जोखिमबाट कसरी आफूलाई सुरक्षित राख्ने तथा समयमै पहिचान गरे स्तन क्यान्सर निदान हुने क्यान्सर हो भन्ने सन्देश दिनु नै यस जागरण अभियानको मुख्य उद्देश्य हो ।

अहिलेसम्मको वैज्ञानिक खोज तथा अनुसन्धानले स्तन क्यान्सर ठ्याकै यही कारणले हुन्छ भन्ने पत्ता लगाउन सकेको छैन तर केही कारणहरु छन् बढ्दो उमेर (धेरैजसो स्तन क्यान्सर ५५ वर्षभन्दा माथिका महिलाहरुलाई) शरीरको कुनै पनि अंगमा हुने कोशिकाहरुको अनियन्त्रित वृद्धि नै क्यान्सरको प्रमुख कारण हुन्छ । शरीरको आवश्यकता अनुसार यी कोशिकाहरु विभाजित हुन्छन, तर जब यीनीहरु लगातार वृद्धि हुन्छन्, तब क्यान्सरको रुप लिन्छन् । यस प्रकार स्तन कोशिकाहरुमा हुने अनियन्त्रित वृद्धि नै स्तन क्यान्सरको प्रमुख कारण हो ।

कोशिकाहरुमा हुने लगातार वृद्धिहरु एकत्रित भएर गाँठोको रुप लिन्छ, जसलाई क्यान्सर ट्यूमर भनिन्छ । स्तन क्यान्सर हुँदा पहिलो र दोस्रो चरणमा नै यसको बारेमा थाहा भयो भने सही समयमा यसको उपचार सम्भव हुन सक्छ । तर यसको बारेमा थाहा पाउनु पनि तपाईंको जागरुकतामा निर्भर हुन्छ । यदि तपाईं स्तन क्यान्सर प्रति जागरुक हुनुहुन्छ भने यसको लक्षणहरुलाई चिनेर तपाईंले सही समयमा यसको उपचार गराउन सक्नु हुन्छ ।

स्तन क्यान्सरको सामान्य कारणहरु, विश्व स्वास्थ्य संगठनका अनुसार स्तन क्यान्सरका निम्न लिखित कारणहरु हुन्छ्न :

– बच्चा नजन्मनाका कारण ।
– उमेर भैसके पछि बच्चा जन्मनु ।
– स्तनपान नगराउनु ।
– वजनमा अत्याधिक वद्धि ।
– धेरै मदिरा सेवन गर्नाले ।
– नराम्रो र अनियन्त्रित जीवनशैली स्तन क्यान्सरको प्रमुख कारण हो ।
– यसबाहेक अनुवांशिक रुपमा पनि स्तन क्यान्सर हुने सम्भावना हुन्छ । स्तन क्यान्सरको लक्षण
– स्तनको आकारमा परिर्वतन महसुस हुनु
– स्तनको तल्लो भाग छाम्दा गाठो भएको महसुस हुनु ।
– स्तन थिच्दा दुख्नु ।
– कुनै तरल अथवा चिप्लो कुरा स्तनबाट बहनु ।
– निप्पलको अग्रभाग मोडिनु एवं रातो रंगको हुनु ।
– स्तन सुनिनु ।

महिलाहरुमा हुने क्यान्सरहरुमा स्तन क्यान्सर प्रमुख हो, जसको महसुस भएपछि सतर्क भएर यसबाट बच्ने उपाय गर्नु आवश्यक छ ।

स्तन क्यान्सरलाई रोक्ने उपाय

– सूर्यको तेजिलो किरणको प्रभावबाट बच्ने ।
– नुनको अत्याधिक सेवन नगर्ने ।
– रातो मासुको सेवन धेरै नगर्ने ।
– धेरै मदिरा सेवन र धुम्रपान नगर्ने ।
– गर्भ निरोधक औषधि नियमित सेवन गर्नु अगाडि चिकित्सकीय परामर्श लिने ।
– एक्सरसाइज र योगा नियमित रुपमा गर्नु पर्छ ।

महिलाहरु जागरुक हुनुको साथै नियमित रुपमा स्तन क्यान्सरको जाँच गराइराख्नु पर्छ । महिलाहरु आफ्नो स्तन परीक्षण, मेमोग्राफीले गराउन सक्छन् । यसको उपयोग रोगको पहिचान गर्न र त्यसलाइ पत्ता लगाउने उपकरणको रुपमा गरिन्छ । मेमोग्राफीको लक्ष्य स्तन क्यान्सरको शुरुवाती तौरमा नै पत्ता लगाउनु हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया