काठमाडौं : जर्मनीले युइएफए नेसन्स लिगमा शुक्रबार घरेलु टोली बोस्निया एन्ड हर्जगोभिनियाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।
जितसँगै तीन खेलमा सात अंक जोडेर जर्मनी लिग ‘ए’ को सूमह २ को शीर्षस्थानमा उक्लिएको छ । पराजित हर्जगोभिनिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।
बिलीनो पोल्जी रंगशालामा जर्मनीलाई जित दिलाउन दुवै गोल डेनिज उन्डाभले गोल गरे । हर्जगोभिनियाका लागि इडेन जेकोले गोल फर्काए ।
खेलको ३०औं मिनेटमा उन्डाभको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ६ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।
जेकोले ७०औं मिनेटमा गोल गर्दै हर्जगोभिनियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
लिगअन्तर्गतकै अन्य खेलमा इस्टोनियाले अजरबैजानलाई ३-१, चेक रिपब्लिकले अल्बानियालाई २-०, तथा टर्कीले मेन्टेनग्रो र युक्रेनले जर्जियालाई समान १-० ले पराजित गरे । यसैगरी नेदरल्यान्ड्सले हंगेरीसँग १-१ तथा वेल्सले आइसल्यान्ड र स्विडेनले स्लोभाकियासँग समान २-२ को बराबरी खेले ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया