मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

युइएफए नेसन्स लिग : जर्मनीको रोमाञ्चक जित

जितसँगै तीन खेलमा सात अंक जोडेर जर्मनी  लिग ‘ए’ को सूमह २ को शीर्षस्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : जर्मनीले युइएफए नेसन्स लिगमा शुक्रबार घरेलु टोली बोस्निया एन्ड हर्जगोभिनियाविरुद्ध २-१ को रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा सात अंक जोडेर जर्मनी  लिग ‘ए’ को सूमह २ को शीर्षस्थानमा उक्लिएको छ । पराजित हर्जगोभिनिया समान खेलबाट एक अंकका साथ पुछारमा छ ।

बिलीनो पोल्जी रंगशालामा जर्मनीलाई जित दिलाउन दुवै गोल डेनिज उन्डाभले गोल गरे । हर्जगोभिनियाका लागि इडेन जेकोले गोल फर्काए ।

खेलको ३०औं मिनेटमा उन्डाभको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । ६ मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाए ।

जेकोले ७०औं मिनेटमा गोल गर्दै हर्जगोभिनियालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।

लिगअन्तर्गतकै अन्य खेलमा इस्टोनियाले अजरबैजानलाई ३-१, चेक रिपब्लिकले अल्बानियालाई २-०,  तथा टर्कीले मेन्टेनग्रो र युक्रेनले जर्जियालाई समान १-० ले पराजित गरे । यसैगरी नेदरल्यान्ड्सले हंगेरीसँग १-१ तथा वेल्सले आइसल्यान्ड र स्विडेनले स्लोभाकियासँग समान २-२ को बराबरी खेले ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार