असार २९, २०८२ आइतबार July 13, 2025

मिर्गौला पीडितका लागि छ लाख सङ्कलन

स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँको देवघाट गाउँपालिका-२ नरम निवासी मिर्गौला पीडित ४९ वर्षीय यमबहादुर थापाको उपचारका लागि छ लाख सङ्कलन भएको छ।

तीन वर्षदेखि सञ्चालित‘यमबहादुर थापा बचाऊ’अभियानबाट उक्त रकम सङ्कलन भएको हो।

अभियानका संयोजक हीरा थापाका अनुसार स्वदेश तथा विदेशमा रहेका नेपालीले उक्त रकम प्रदान गरेका हुन्।

कछार सेवा सरोकार समाजका अध्यक्ष खड्क मगरले यमबहादुरको उपचारका लागि देवघाटका विद्यालय, युवा क्लब, टोल विकास संस्था, आमा समूह तथा विभिन्न सङ्घसंस्थासँग पनि अनुरोध गर्नुभएको थियो। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया