मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि भारतीय टिमको घोषणा

भारत र न्युजिल्यान्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भारतले न्यूजील्याण्डविरुद्धको टेष्ट सिरिजका लागि टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले न्यूजील्याण्डविरुद्ध खेल्ने १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

रोहित शर्माको कप्तानीमा जसप्रित बुमराहलाई उपकप्तान बनाइएको छ । त्यस्तै विराट कोहली, केएल राहुल र सरफराज खानसँगै आकाश दीपले पनि टोलीमा मौका पाएका छन् ।

तीन खेलको टेष्ट सिरिज खेल्न न्युजील्याण्डको टोली भारत भ्रमणमा रहेको छ । भारत र न्युजिल्यान्डबीच अक्टोबर १६ देखि तीन खेलको टेष्ट सिरिज हुँदैछ भने सिरिजको पहिलो खेल बैंगलोरमा हुनेछ ।

भारतीय टिम:

रोहित शर्मा (कप्तान), जसप्रित बुमराह (उपकप्तान), यशस्वी जैसवाल, शुभमन गिल, विराट कोहली, केएल राहुल, सरफराज खान, ऋषभ पन्त (विकेटकिपर), ध्रुव जुरेल (विकेटकिपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज र आकाश दीप ।

ट्राभल रिजर्भ: हर्षित राणा, नितिश कुमार रेड्डी, मयंक यादव र प्रसिद कृष्ण ।

त्यस्तै भारत भ्रमणका लागि न्यूजिल्याण्डको टिममा टम लाथम (कप्तान), टम ब्लन्डेल (विकेटकीपर), माइकल ब्रेसवेल (पहिलो टेस्ट), मार्क च्यापम्यान, डेभन कोनवे, म्याट हेनरी, डेरिल मिचेल, विलियम ओ’रोर्क, एजाज पटेल, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सेन्टनर, बेन सियर्स , ईश सोधी (दोस्रो र तेस्रो टेस्ट), टिम साउथी, केन विलियम्सन र विल योङ रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार