असार २५, २०८२ बुधबार July 9, 2025

इजरायली सेना पर्खाल भत्काएरै लेबनानको शान्ति सैनिक क्षेत्रमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इजरायली सेना पर्खाल भत्काएरै लेबनानमा संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) को क्षेत्रमा प्रवेश गरेको छ ।

दुई वटा इजरायली ट्याङ्कले दक्षिणी लेबनानमा आफ्नो मुख्य गेट नष्ट गरेर बलपूर्वक प्रवेश गरेको युनिफिलले जनाएको छ ।यसअघि इजरायली सेनाले गोली चलाउँदा शान्ति मिसनका ५ जना सेना घाइते भएपछि ४० वटा देशले आपत्ति जनाएका थिए । तर आपत्तिलाई बेवास्ता गर्दै इजरायली सेना लेबनानको दक्षिणी क्षेत्रमा घुसेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

हिजो इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शान्ति मिसनका सैनिकलाई तुरुन्तै दक्षिणी लेबनानबाट अन्तै सार्न चेतावनी दिनुभएको थियो । शान्ति मिसनमा खटिएका सैनिकले हिजबुल्लाहको रक्षा गरेको इजायलको जिकिर छ । युनिफिलका अनुसार यो उल्लङ्घन संयुक्त राष्ट्रसङ्घीय सेना र स्थानहरुविरुद्ध इजरायली उल्लङ्घनको सबैभन्दा ठूलो हिस्सा हो । आज बिहान पनि इजरायली सेनाले पड्काएको बारुदको धुँवाका कारण केही शान्ति सैनिकको उपचार भइरहेको छ ।

यस्तै संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल)ले इजरायली रक्षा बल (आईडीएफ) का सैनिकहरूले मेस अल–जबलको दक्षिणपूर्वी गाउँ नजिकै आफ्नो खाद्यान्न ढुवानीलाई पनि रोकिदिएको जनाएको छ । शान्ति सैनिकमाथि जानबुझेर गरिएको कुनै पनि आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानून र सुरक्षा परिषद्को प्रस्तावको गम्भीर उल्लङ्घन हो । इजरायलले अन्तर्राष्ट्रिय सन्धी उल्लङ्घनले गर्दा अमेरिका र बेलायतले कुनै प्रतिक्रिया दिएका छैनन् ।

फ्रान्स, स्पेन, भारत, चीन लगायतका देशले भने विरोध गरेका छन् । हिजबुल्लाहलाई नष्ट गर्ने भन्दै इजरायली सेनाले दुई हप्तादेखि लेबनानमा ठूला हमला गरिरहेको छ । जसमा ५ हजार जना भन्दा धेरैको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार