काठमाडौँ । न्यूजील्याण्ड आईसीसी महिला टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
गएराति सम्पन्न समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले पराजित गर्दै न्यूजील्याण्ड समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो ।
न्यूजील्याण्डले दिएको १११ रनको लक्ष्य पछाएको पाकिस्तानले ११.४ ओभरमा अलआउट हुँदै ५६ रन मात्र बनाएको थियो । यस अघि न्यूजील्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर ११० रन बनाएको थियो ।
यो जितपछि न्यूजील्याण्डको समूह ‘ए’ मा ४ खेलमा ६ अंक भएको छ र समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुगेको छ ।
समूह ‘ए’ बाट अस्ट्रेलिया यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । योसँगै समूह ‘ए’ बाट भारत, पाकिस्तान र श्रीलंका बाहिरिएका छन् । अब समूह ‘बी’ बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो आज लाग्दै छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया