असार २५, २०८२ बुधबार July 9, 2025

दशैको मुखमा पनि रौतहटका तीन पालिकाका शिक्षक तलब भत्ता पाउनबाट वञ्चित

तलबकै लागि शिक्षकहरूले पटक पटक आन्दोलन गर्दा समेत सुनवाइ हुने गरेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । लामो समयदेखि रौतहटका तीन पालिकाले तलब भत्ता निकासा नदिँदा शिक्षकहरू मारमा परेका छन् । दसैँ पर्वको बेला समेत तलब भत्ता नपाउँदा शिक्षकहरू निराश बनेका छन् ।

साउन महिना देखिनै तलब भत्ता निकासा नदिने पालिकामा रौतहटको वृन्दावन, फतुवाबिजयपुर, बौध्दिमाई नगरपालिका रहेका छन् । समयमै नगर सभा नगर्नु, प्रमुख प्रशासकीय अधिकृतको छिटो सरुवा हुनु, जनप्रतिनिधिहरूमा बेमेल हुन, पालिकामा बेथिति झागिदै जानुको चपेटामा शिक्षकहरू परेका छन् ।

तलबकै लागि शिक्षकहरूले पटक पटक आन्दोलन गर्दा समेत सुनवाइ हुने गरेको छैन । नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादवले शिक्षकहरूको तलब समयै निकासा दिएर शैक्षिक वातावरण बनाउन पर्नेमा पालिकाहरूको बेवास्ता हुनु दुखद रहेको बताउनु भयो । उहाँले शिक्षकहरूको तलब अविलम्ब निकासा गर्नु माग गर्नु भएको छ ।

सङ्घीय सरकारले समयमै पठाएको शिक्षकहरूको तलब भत्ता जनप्रतिनिधिहरूको अर्कमण्यताका कारण रोकिनु दुर्भाग्य रहेको छ । नेपाल सरकारले शिक्षकहरू लाई मासिक रुपमा तलब निकासा दिने निर्णय गरेपछि स्थानीय तहको बेतिथिले शिक्षकहरूले समयमै तलब भत्ता पाउन बाट वञ्चित हुँदै आएका छन् ।

सङ्घीय सरकारबाट उपलब्ध शिक्षकहरूको सशर्त अनुदानको तलब भत्ता स्थानीय तहहरूको बेतिथिको कारण शिक्षक कर्मचारीहरूले समयमा नै तलब भत्ता प्राप्त गर्न नसक्दा निराश बनेका हुन ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तह लाई परिपत्र गर्दै शिक्षकहरूलाई मासिक रूपमा तलब दिने व्यवस्था मिलाउन भने तापनि अझै कार्यान्वयन हुन नसकेको दुखेसो शिक्षकहरूको रहेको छ । नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार