असार २९, २०८२ आइतबार July 13, 2025

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २९ गते । सरकारले कात्तिक २ र ३ गते देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकाल्दै आगामी कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई लक्षित गरी जुकाको औषधी र भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागेको हो ।

साथै मन्त्रालयले पाँच वर्ष मुनिका बालबालिकाले १५ महिनासम्म लगाउनुपर्ने कुनै नियमित खोप लगाउन छुटेको भए नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन आग्रह गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया