असार २८, २०८२ शनिबार July 12, 2025

नीराजन र इजिकेललाई पदक

प्रतियोगितामा विभिन्न ३० राष्ट्रका सात सय पाँच खेलाडीको सहभागि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २९ गते । आइसीओ विश्व कम्ब्याट मार्सल आर्ट्स च्याम्पियन्सिपमा नेपाली खेलाडीले दुई स्वर्ण र एक कांस्य गरी तीन पदक जितेका छन् ।

जर्मनीको फ्रेङफर्टमा भएको प्रतियोगितामा नीराजन मुक्तानले दोहोरो स्वर्ण जित्नुभयो । इजिकेल परियारले कांस्य जितेको नेपाल उमा कुङफु सङ्घका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

गुरुङकाअनुसार नीराजनले किक बक्सिङको पुरुष ६० केजीमुनि फाइनलमा इङल्यान्डका खेलाडीलाई पराजित गरी स्वर्ण जित्नुभएको हो । त्यसअघि उहाँले फ्रान्स, जर्मनी र युक्रेनका खेलाडीलाई हराउनुभएको थियो ।

नीराजनले अर्को स्वर्ण चाइनिज फम्सको नान् छ्वानमा जित्नुभएको हो । यस स्पर्धामा नीराजनले जर्मनी, युक्रेन, साइप्रस, इङ्ल्यान्ड र स्कोटल्यान्डका खेलाडीलाई पछि पार्नुभएको थियो ।

इजिकेलले किक बक्सिङको पुरुष ७०–७५ केजीमा कांस्य हात पार्नुभयो । इजिकेल सेमिफाइनलमा जर्मनीका खेलाडीसँग पराजित हुनुभएको हो । इन्टरनेसनल कम्ब्याट अर्गनाइजेसन (आईसीओ), जर्मनीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न ३० राष्ट्रका सात सय पाँच खेलाडीको सहभागिता रहेको थियो । गोप

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया