असार २८, २०८२ शनिबार July 12, 2025

महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा

फाइनल खेल आइतबार हुने तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । जारी आइसीसी महिला टी- २० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ । समुह चरणका खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार देशको टुंगो लागेको हो ।

समुह ‘ए’ बाट अस्ट्रेलिया र न्यूजील्याण्ड सेमिफाइनलमा पुगेका छन् भने समुह बी बाट वेस्ट इन्डिज र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेका हुन् ।

समुह ‘ए’ बाट भारत, पाकिस्तान र श्रीलंका तथा समुह बी बाट इङल्याण्ड, बंगलादेश र स्कटल्याण्ड समुह चरणबाटै बाहिरिएका छन् ।

अब सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा न्यूजील्याण्ड र वेस्ट इन्डिज खेल्ने भएका छन् । पहिलो सेमिफाइनल खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच विहिबार हुने छ भने दोस्रो सेमिफाइनल खेल शुक्रबार न्यूजील्याण्ड र वेस्ट इन्डिजबीच हुने छ ।

त्यस्तै फाइनल खेल आइतबार हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया