असार ३०, २०८२ सोमबार July 14, 2025

नेकपा अध्यक्षद्वयबीच वान टु वान छलफल जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वयबिच छलफल जारी रहेको छ । बुधबार बिहान साँढे ११ बजेदेखी दुई अध्यक्षबीच वार्ता जारी रहेको हो । प्रधानमन्त्री निवाश बालुवाटारमा जारी वार्तामा पार्टीभित्र देखिएको असहज परिस्थितिलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर दुवै अध्यक्ष छलफलमा केन्द्रित रहेपनि निर्णायक हुने वा के हुने भन्ने आशंका उब्जिएको छ ।

पार्टी भित्रको विवाद सतहमा आइरहेका बेला समाधानका लागि भन्दै दुई अध्यक्षबीच पटक पटक वार्ता हुँदै आएको छ । तर हालसम्म भएका कुनै पनि वार्ताले सार्थक परिणाम दिन सकेको छैन । पछिल्ला केही दिन यता नेकपाको विवाद समाधान उन्मुख भएको बताइएपनि ठोस सहमतिमा पुग्न नसक्दा अन्याैल आशंका दुबै देखिएको छ ।

म‌ंगलबार अध्यक्षद्वयवीच भएको वार्ताले पनि कुनै निष्कर्ष दिन भने सकेन । यही अन्याैलका बिच गत असार १० गतेदेखि शुरु भएको स्थायी कमिटी बैठक पनि पटक पटक स्थगित हुँदै आएको छ । पछिल्लो पटक साउन २ सम्म बैठक स्थगित छ ।

आज हुने वार्ता निर्णायक हुने भनिएको छ । यद्दपी यस अघिका वार्ताबाट कुनै उपलब्धि नभएको अवस्थामा आज पनि के होला यसै भन्न सक्ने अवस्था भने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया