श्रावण १, २०८२ बिहिबार July 17, 2025

सुनको मूल्य हालसम्मकै उच्च : चाँदीको मूल्य स्थिर

कतिमा हुँदैछ कारोवार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज  छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ कायम भएको हो । बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार  भइरहेको  छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया