असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय तहले सङ्कलन गरेको करको अधिकतम हिस्सा उपयोग गर्न पाउनुपर्छ: उपसभामुख रानामगर

स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक, २ कात्तिक : उपसभामुख इन्दिरा रानामगरले स्थानीय सरकारले सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीय तहले नै उपभोग गर्न पाउनुपर्ने बताउनुभएको छ ।

आज सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा भएको पाँचपोखरी महिला ट्रेल रेस प्रतियोगिताको समापन कार्यक्रममा उहाँले स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र रहेको प्राकृतिक स्रोतसाधनको उपभोग र सोबाट सङ्कलन गरेको करको अधिकतम हिस्सा स्थानीयस्तरमै विकास निर्माणलगायत नागरिकको जीवनस्तर उकास्न प्रयोग गर्न पाउनुपर्ने धारणा राख्नुभएको हो ।

उपसभामुख रानामगरले ग्रामीण क्षेत्रमा किसानले उत्पादन गर्ने तरकारी, अन्नबालीलगायत खाद्यान्नलाई स्थानीय सरकारको समन्वयमा बजारीकरण गर्नसके किसानले आफ्नो पसिनाको मूल्य र आमउपभोक्ताले पनि स्वस्थ्यकर खाने कुरा उपभोग गर्न पाउने हुँदा स्थानीय तहले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो ।

पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यमा प्रतियोगिता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले प्रतियोगितामार्फत पाँचपोखरीको परिचय देश विदेशमा प्रख्यात हुँदै गएको र अब पर्यटकको आवागमनमा वृद्धि भई स्थानीयको जीवनस्तरमा टेवा पुग्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

प्रतियोगितामा चार हजार एक सय मिटर उचाइको पाँचपोखरीदेखि एक हजार सात मिटर उचाइमा रहेको रैथाने पोखरीसम्मको २८ किलोमिटर दौडको उपाधि खोटाङकी निर्मला राईले जित्नुभएको छ । ५० जना महिला सहभागी २८ किलोमिटर लामो उक्त दौड उहाँले दुई घण्टा २८ मिनेट २९ सेकेण्डमा पूरा गर्नुभएको थियो ।

यस्तै दुई घण्टा ४९ मिनेटमा दौड पार गर्दै नेपाल पुलिस क्लबमा आबद्ध ओखलढुङ्गाकी लाक्पा निङ्मा शेर्पा दोस्रो र दुई घण्टा ५८ मिनेटमा दूरी पार गर्दै सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाकी नितु तामाङ तेस्रो हुनुभएको छ । मेलम्ची नगरपालिका–८ कि अस्मिता भुजेलले तीन घण्टा ११ मिनेटमा दौड पूरा गर्दै चौथो र रोल्पाकी आस्मा विकले तीन घण्टा १८ मिनेटमा दौड पूरा गरी पाँचाँै हुन सफल हुनुभयो ।

यसअघि सोही रुटमा सम्पन्न पाँचपोखरी हाफ म्याराथन प्रतियोगिताको महिलातर्फ धादिङकी रसिला तामाङले दुई घण्टा ४४ मिनेट ४३ सेकेण्डमा उक्त दूरी पार गर्नुभएको थियो । आज सम्पन्न प्रतियोगितामा प्रथम राईले उक्त रेकर्ड तोड्नुभएको छ । प्रतियोगिताका विजेताले क्रमशः रु ५० हजार, रु २५ हजार, रु १५ हजार, रु १० हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

महिलाको क्षमता विकाससँगै आत्मनिर्भरतामा जोड दिनका लागि ट्रेल रेस प्रतियोगिता आयोजना गरिएको आयोजक विश्व समावेशी साहसी संस्थाका संस्थापक अध्यक्ष माया गुरुङले बताउनुभयो । उहाँले प्रतियोगितालाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै निरन्तरता दिइने जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार