असार २९, २०८२ आइतबार July 13, 2025

इजरायलद्वारा इन्डोनेसियाली अस्पतालमा आक्रमण

बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेपछी बिरामीहरू गम्भीर जोखिममा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गाजास्ट्रिप, कात्तिक ३ गते । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

“इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरू अवरुद्ध गरी अस्पतालका भवनहरूलाई निशाना बनाइ आक्रमण गरेको स्वास्थ्य सेवा निर्देशक मारवान सुल्तानले बताउनुभएको छ । उहाँका अनुसार आक्रमणका कारण उक्त क्षेत्रका चिकित्सा कर्मचारी तथा बिरामीहरू गम्भीर जोखिममा रहेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलले अस्पतालका भवनहरूमा लक्षित गरी गरिएको आक्रमणमा “मेडिकल स्टाफका अतिरिक्त ४० जना भन्दा बढी बिरामी  घाइते भएको जनाएको छ । अस्पताल क्षेत्रमा भएको खतरनाक आक्रमणले बिरामी तथा स्वास्थ्य कर्मचारीहरूमा ठुलो त्रास  निम्त्याएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस महिनाको सुरुमा उत्तरी गाजामा नयाँ आक्रमण सुरु गरेको इजरायलले पुन : समूहबद्ध भएका हमास लडाकुलाई लक्षित गरेको जनाइएको छ । गाजाको नागरिक सुरक्षा एजेन्सीले यस अघि नजिकैको जबालियामा भएको इजरायली हमलामा ३३ जनाको मृत्यु भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला एजेन्सीले “उत्तरी गाजामा सर्वसाधारणले सामना गरिरहेको  डरलाग्दो र खतरनाक अवस्थाबारे चेतावनी जारी गर्दै यहाँका बासिन्दाहरू निरन्तरको आक्रमणका कारण पिडादायी अवस्थाको बिचमा बाँच्न बाध्य रहेको शुक्रबार जनाएको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया