असार २६, २०८२ बिहिबार July 10, 2025

मलेसियामा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि – श्रमिक लैजाने प्रक्रिया चाँडै खुल्ने अपेक्षा

बढेको पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ०४ कार्तिक । प्रमुख गन्तव्य मुलुक मलेसियाले न्यूनतम पारिश्रमिक वृद्धि गरेपछि नेपाली आप्रवासी कामदार उत्साहित भएका छन्। नेपालबाट मलेसिया कामदार लैजाने प्रक्रिया भने हाललाई रोकिएको हुँदा खुल्ने समयको प्रतीक्षा भइरहेको छ।

मलेसियामा काम गर्ने श्रमिकको पारिश्रमिक प्रति महिना १५ सय (४७ हजार रूपैयाँ) बाट बढाएर १७ सय रिंगेट(करिब ५३ हजार रूपैयाँ)पुर्‍याइएको छ।

मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी वर्ष सन् २०२५ को बजेट भाषणमार्फत कामदारको पारिश्रमिक बढाउने घोषणा गरेका हुन्। यो पारिश्रमिक आगामी फेब्रुअरीदेखि लागु हुनेछ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने न्यूनतम तलबमा सबैभन्दा बढी मलेसियामा काम गर्ने श्रमिकले पाउने भएका छन् । खाडीमा कतारले मात्रै एक हजार रियाल(३४ हजार रूपैयाँ) मात्रै निर्धारण गरेको छ। साउदी अरब, युएई, कुवेतलगायतका देशले न्यूनतम तलब तोकेका छैनन् । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ।

मलेसियाको बजेटमा उल्लेख भएअनुसार त्यहाँको सरकारले तलब वृद्धि घोषणा गरेसँगै त्यहाँ रहेका नेपालीसहित विदेशी श्रमिक पनि लाभान्वित हुने भएका छन्। मलेसिया सरकारले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समान रूपमा लागु गर्दै आइरहेको छ।

आर्थिक वर्ष २०७९/८० मा दुई लाख १९ हजार नेपाली मलेसिया गएका थिए। वैदेशिक रोजगारीमा सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए। साथै मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको संख्या बढ्दो थियो। उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको थियो । त्यसपछि मलेसिया जाने संख्या ह्वात्तै घटेको छ।

आन्तरिक व्यवस्थापन गर्ने भन्दै गत मे ३१ तारिख (२०८१ जेठ १८ गते) देखि मलेसियाले नेपालसहित सबै स्रोत मुलुकबाट कामदार लैजान रोकेको थियो । मलेसियाले विदेशी कामदार भित्र्याउने प्रक्रिया कहिलेबाट खोल्ने भन्ने अझै निश्चित हुन सकेको छैन।

वैदेशिक रोजगारीका लागि प्रमुख गन्तव्य मुलुक मलेसिया जाने नेपालीको संख्या ठूलो छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार २०८०/८१ मा एक लाख तीन हजार चार सय ४२ जना नेपाली श्रम स्वीकृति लिएर मलेसिया गएका छन् । त्यसमा पुरूष एक लाख एक हजार जना र महिला दुई हजार चार सय २४ जना छन्।

मलेसियामा सबैभन्दा धेरै विदेशी कामदारमा बंगलादेशी रहेका छन्। दोस्रो धेरै इन्डोनेसियाली हुन्। मलेसियामा विदेशी श्रमिकका रूपमा नेपालीहरू तेस्रो स्थानमा छन्। मलेसिया सरकारको गत सेप्टेम्बरसम्मको विवरणअनुसार नेपालीश्रमिक १६.१७ प्रतिशत अर्थात् तीन लाख ९९ हजार ६ सय १४ जना कार्यरत छन्। जसमा महिलाको संख्या १० हजार नौ सय ५७ जना रहेको छ।

अहिले विदेशी कामदार मलेसिया जान खुला नगरे पनि मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।

गतवर्ष खाडीमा रोजगारीको अवसर खुम्चिएका बेला मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको थियो। मलेसियामा शून्य लागत र फ्रि–भिसा फ्रि–टिकटमार्फत श्रमिक पठाउँदै आएका आकर्षण इन्टरनेसलका अध्यक्ष विष्णु केसीले अहिले कामदार पठाउन पूर्ण रूपमा रोकिएको बताए।

विदेशी कामदार ल्याउन रोकेको मलेसियाले अबको केही समयमा खोल्न सक्ने जानकारी आएको उनी बताउँछन् । आफूहरूले कामदार आपूर्ति गर्दै आएका कम्पनीहरूसँग अहिले अडिटदेखिका विभिन्न काम भइरहेको उनले जानकारी दिए।

‘अहिले नेपाली कामदार मलेसिया पठाउन बन्द छ,’ उनले भने, ‘अब खुलेपछि मात्रै कामदार पठाउने प्रक्रिया सुरु गर्छौं,’उनले भने। मलेसियास्थित नेपालीदूतावासका श्रम काउन्सिलर भोलाप्रसाद गुरागाईंका अनुसार तिहारपछि त्यहाँ रोजगारी खुल्न सक्ने बताए।

‘ठ्याक्कै भन्न सकिने अवस्था त छैन तर अहिले अनौपचारिक रूपमा केही कम्पनीलाई खुला गरेको भन्ने सुनेका छौं । मलाइ लाग्छ, अब चाँडै खुल्न सक्छ,’ आकर्षण इन्टरनेसलकाअध्यक्ष केसीले भने। नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार