काठमाण्डौः प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लव नेकपाको सुदूरपश्चिम इञ्जार्ज समेत रहेका ओम प्रकाश पुन र महिला नेतृ पूर्णिमा धामी पुनलाई प्रहरीले कैलालीको फूलबारीबाट बिशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो।
प्रहरीले अप्रेसन जारी रहेको भन्दै यस विषयमा थप जानकारी दिन मानेको छैन । पुनलाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउको प्रयास गरेको थियो। उनी बसेको ‘लोकेशन’ नजिकै प्रहरी पुगेपनि पक्राउ गर्न असफल हुँदै आएको थियो । पक्राउ परेका पुन विप्लवका प्रभावशाली केन्द्रिय नेता हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया