असार २८, २०८२ शनिबार July 12, 2025

महिला टी-२० विश्वकपको उपाधि न्यूजील्याण्डले जित्यो

न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि हात पार्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। न्यूजील्याण्डले आइसीसी महिला टी-२० विश्वकपको उपाधि जितेको छ। फाइनल खेलमा दक्षिण अफ्रिकालाई ३२ रनले पराजित गर्दै न्युजील्याण्ड विजयी भएको हो।

न्यूजील्याण्डले दिएको १५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२६ रन मात्र बनाएको थियो। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ५ विकेट गुमाउँदै १५८ रन बनाएको थियो।

योसँगै न्यूजील्याण्डले पहिलो पटक विश्वकपको उपाधि जितेको छ। यस अघि महिला टी-२० विश्वकपको उपाधि अस्ट्रेलियाले ६ पटक तथा इङ्ल्याण्ड र वेस्ट इन्डिजले एक एक पटक जितेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया