काठमाण्डौंः पुर्वी लेबनानी सहर बालबेकमा रहेको एउटा घरमा सोमबार इजरायली ड्रोन हमलामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।
लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले मध्य बालबेकको नाबी इनाम क्षेत्रमा रहेको एउटा घरमा इजरायली ड्रोनले आक्रमण गरेको र मृत्यु हुनेमा महिला तथा बालबालिका रहेको बताएको छ ।
यसैबीच हिजबुल्लाहले सोमबार एक विज्ञप्ति जारी गर्दै दक्षिणी लेबनानमा इजरायली सेनासँग गोलाबारी हुँदा आइतबार साँझ इजरायलले नौ सय ड्रोन खसालेको बताएको छ ।
समूहले सन् २०२३ अक्टोबर ८ पछि दक्षिणी र पूर्वी लेबनानमा खसालेको यो नवौँ ड्रोन भएको बताएको छ । सेप्टेम्बर २३ देखि इजरायली सेनाले लेबनानमा आफ्नो हवाई आक्रमणलाई तीव्र पारेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया