श्रावण ३, २०८२ शनिबार July 19, 2025

बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पूरा

सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा  प्रतिस्पर्धा गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ८ कात्तिक । भारत पश्चिम बङ्गालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सलहेस क्लबका जितसँगै बेलबारी गोल्डकपको सेमिफाइनल समीकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा  प्रतिस्पर्धा गर्नेछ ।

सहलेस फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गर्नुभयो । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गर्नु भएको हो। लगत्तै आठौँ मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो  ।

यु–२० राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६औँ मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानका उत्कृष्ट गोल गर्नु भयो र अग्रता तेब्बर बनाउनुभयो । दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा एक गोल फर्कायो ।

दलसिंहपाराका लागि रोहन थापाले गोल गर्नुभयो । मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहे विरुद्ध भारतीय टिमले ४६औँ मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटायो । दोस्रो गोल पनि रोहन थापाले गर्नुभयो । दुई गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन् ।

सलहेसका समीर तामाङ  म्यान अफ दि म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले पाँच हजार सहित ट्रफि प्रदान गर्नुभयो । पहिलो सेमिफाइनलमा झापा-११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार