असार ३०, २०८२ सोमबार July 14, 2025

स्थायी समिति बैठकबाटै केन्द्रीय समितिको बैठक बोलाउने प्रचण्ड-नेपाल समुहको निष्कर्ष

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीसँगको वार्ता निष्कर्षविहीन भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको प्रचण्ड-नेपाल समूहको बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार अपरान्ह खुमलटारमा भएको बैठकमा दाहाल र नेपालका साथै सचिवालय सदस्यहरु झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल सहभागी भएका थिए ।

प्रधानमन्त्री निवाश बालुवाटारमा प्रचण्ड- नेपालले ओलीलाई प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिन आग्रह गरेको तर ओलीले त्यसलाई अस्वीकार गरेपछि असन्तुष्ट पक्षले खुमलटारबाटै केन्द्रीय समिति बैठक बोलाउने निष्कर्ष निकालेको हो ।

छलफलमा सहभागी एक नेताका अनुसार खुमलटार बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने र त्यहीँबाट प्रक्रियागत निष्कर्षमा पुग्ने निणर्य भएको छ । भोलिकै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ ।

त्रिपक्षिय छलफल हुनुअघि प्रधानमन्त्री एव‌ं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि आफू निकटका नेताहरुसँग बालुवाटारमा रणनीतिक बैठक गरेका थिए । यद्दपी सो बैठकको निष्कर्ष बाहिर आइसकेको छैन । उक्त बैठकमा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका पटक पटकका छलफलले निष्कर्ष निकाल्न नसकेपछि आजको छलफलमा माधव कुमार नेपाल सहभागी भएका थिए ।

त्रिपक्षीय छलफलमा पनि दुवैपक्षले आआफ्ना अडान राखेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएको थियो । प्रचण्ड नेपाल समुहले तत्काल केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय गर्ने योजना बनाएको छ भने अध्यक्ष ओली समुह आफ्नो अडानबाट पछि हटेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया