काठमाण्डौंः आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएकोछ । दुई सय ८७ रनको लक्ष्य अमेरिकाले ४९ ओभर चार बलमा सात विकेट गुमाएर पूरा गर्याे ।
अमेरिकाका ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित एक सय चार बनाए । नेपालका कुशल भुर्तेलले ६ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । सोमपाल कामीले २ र ललित राजवंशीले १ विकेट लिए ।
त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रङ्गशाला डालसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा अल आउट हुँदै दुई सय ८६ रन बनाएको थियो । नेपालका कप्तान रोहित पौडेलले ९६ रन बनाए । ओपनर आसिफ शेखले ५२ र अनिल साहले ५६ रन बनाए । अमेरिका स्पिनर नोष्थुश केन्जिगेले ४ विकेट लिए ।
नेपालले अव भोलि स्कटल्यान्डसँग खेल्नेछ । लिग–२ मा ९ खेल
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया