जेठ ७, २०८२ बुधबार May 21, 2025

विश्वकप लिग-२ मा आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्दै नेपाल

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा आज स्कटल्याण्डसँग खेल्दै छ। एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ।

यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको छ भने नेपाल आफ्नो पहिलो खेलमा अमेरिकासँग पराजित भएको छ।

नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म ६ एकदिवसीय खेल भएका छन्। जसमा नेपालले ३ र स्कटल्याण्डले ३ खेल जितेका छन्। दुवैबीच पछिल्लो खेल २०२३ को फेब्रुअरीमा भएको थियो।

क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो। नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन्।

यस खेलपछि नेपालले नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ।

लिग-२ को अंक तालिका

तेस्रो पटक लिग-२ खेल्न लागेको नेपालको यस सिजनमा प्रदर्शन भने निकै कमजोर रहेको छ। लिग २ को अङ्क तालिकामा नेपाल सातौं स्थानमा रहेको छ।

नेपालले अहिलेसम्म खेलेका ९ खेलमा केवल एक खेल मात्र जितेको छ भने ७ खेलमा पराजित भएको छ। जबकी एक खेल अनिर्णित हुदा अंक बाँडेको थियो।

अहिलेसम्म १२ खेल खेल्दै १६ अंकसहित क्यानडा शिर्ष स्थानमा छ भने अमेरिका १० खेलमा १४ अंकसहित दोस्रो स्थानमा रहेको छ।

त्यस्तै नेदरल्याण्डस ८ खेलमा १२ अंक हासिल गर्दै तेस्रो र स्कटल्याण्ड ८ खेलमा ११ अंक हासिल गर्दै चौथो स्थानमा छ भने नामिबिया १२ खेलमा १० अंक हासिल गर्दै पाँचौ स्थानमा छ।

त्यस्तै ओमान ८ खेलमा ६ अंक हासिल गर्दै छैटौं र नेपाल ९ खेलमा ३ अंक हासिल गर्दै सातौं स्थानमा छ। त्यस्तै युएई ७ खेलमा २ अंक हासिल गरेर पुछारमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार